समायोजन खबर,नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन। निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनका अनुसार ३ हजार ६ सय ३१ मत पुरै गणना गर्दा पुनले ८ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै सभापतिका अर्का प्रत्यासी रुपन्देहीका भरत कुमार शाहले ७ सय ६७ मत प्राप्त गरेका छन्। यस्तै उप–सभापति पदमा भने फरक फरक प्यानलका विजयी भएका छन ।
अमरसिंह पुनको प्यानलका भुवन प्रसाद श्रेष्ठ ८ सय ४७ मत र शाह प्यानलका राजु खनालले ७ सय ९२ मत प्राप्त गरेका छन। अष्टभुज पाठकले ७ सय ७२ मत प्राप्त गरेका छन् ।उप–सभापति पदकै लागी भरत कुमार शाह समूहबाट सुधाकर पाण्डेले ६ सय ६१ मत प्राप्त गरेको खाँनले जानकारी दिए । महामन्त्रीमा पुनकै प्यानलका प्रत्यासी विजयी छन्। पुन समूहका बिक्रम खनालले ८ सय ४४ मत र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत प्राप्त गरि विजयी भएका छन।
शाह समूहबाट महामन्त्री पदका उम्मेदवार खिमान सिंह रायमाझीले ६ सय ५१ मत र जन्मजय तिमल्सिनाले ७ सय ९ मत प्राप्त गरेका छन्। यस्तै सह महामन्त्री (महिला) मा पुन समूहकी निमा गिरीले ८ सय ३० मत प्राप्त गरि विजयी भएकी छिन। अर्का प्रत्यासी शाह समूहकी सरीता चौधरीले ६ सय ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
खुल्ला तर्फका सह–महामन्त्रीमा पुन समूहका बिष्ण खनाल (मुस्कान) ले ८ सय ५९ मत र खगराज पाण्डेले ७ सय ७६ मत प्राप्त गरि विजयी भएका छन । शाह समूहका लक्ष्मी नारायण शाहले ६ सय ७६ मत र माया पुनले ७ सय मत प्राप्त गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology