समायोजन खबर, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनु भएको छ। सावित अध्यक्ष कमल थापासँगको प्रतिस्पर्धामा लिङदेन विजयी हुनु भएको हो।
यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नु हुने छ। चार दिनदेखि काठमाडौमाजारी महाधिवेशनको अन्तिम दिन शनिबार नेतृत्वका लागि चुनाव भएको थियो।
उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गर्नु भएको हो। अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गर्नुभयो। महाधिवेशन अन्तर्गत भएको मतदानमा ३८ सय ७३ प्रतिनिधिले मतदान गरेका थिए। जसमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिनु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology