समायोजन खबर, बाकेको नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।
नेपालगन्ज देखि रूकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डि एस पी मधुकुमार थापाले जानकारी दिनुभयो ।
डीएस्पी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।
घटनाको थप विवरण आउँन बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाकी रहेको छ घटनाका वारेमा थप विवरण आउन बाँकी छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology