समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सरस्वती माध्यमिक विद्यालय दिक्तेलवजारमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।
कांग्रेसका १ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरिरहेको छ। उनीहरुले सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेद्वारी दिएका पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्व पार्टी सभापति विष्णुकुमार राईको प्यानललाई मतदान गरिरहेका छन्।
सर्वधन प्यानलको उपसभापतिमा मनोज तिम्सिना, राजन सैंजु सचिवमा रोजन राई रामकुमार राई (साम्पाङ) सह–सचिवमा ध्यान बहादुर राई र राजुकमार राई छन्।
यस्तै, विष्णुकुमार प्यानलको उपसभापतिमा इवन राई, तिर्थराज भट्टराई सचिवमा ज्ञानेन्द्र जोशी, समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बन्जारा रहेका छन्। क्षेत्रिय प्रतिनिधिले जिल्ला कार्य समितिमा मेजर पोष्टका ७ वाहेक ३२ जना चयन गर्नेछ।
यस्तै, प्रतिनिधिले महाधिवेशन प्रतिनिधि खुल्लामा १०, खुल्ला महिला ४, खस आर्य २, खस आर्य महिला १, आदिवासी जनजाती ३, आदिवासी जनजाती महिला ३, दलित १, अल्पसंख्यकवाट १ जना चयन गर्नेछ।
यो समाचार तयार पार्दासम्म आधा पनि मतदान नभएको जिल्ला निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले मतदानका लागि विहान ७ वजेदेखि अपरान्ह १ वजेसम्मलाई समय तोकेको थियो।
केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि खोटाङमा भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र मंसिर ७ गते अन्तिम नामावली प्रकाशन मात्रै भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology