समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा सर्वधन राई र विष्णुकुमार राईको प्रतिस्पर्धा हुने भएको छ। सातौं जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मंगलवार सभापतिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेसँगै दुई राईविच प्रतिस्पर्धा हुने भएको हो।
पूर्वराज्यमन्त्री समेत रहेका सर्वधन केन्द्रमा शेरवहादुर देउवा निकट र पूर्व पार्टी सभापति तथा महासमिति सदस्य रहेका विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल निकटका हुन्।
सर्वधन प्यानलको उपसभापतिमा मनोज तिम्सिना, राजन सैंजु सचिवमा रोजन राई रामकुमार राई (साम्पाङ) सह–सचिवमा ध्यान बहादुर राई र राजुकमार राई छन्। यस्तै, विष्णुकुमार प्यानलको उपसभापतिमा इवन राई, तिर्थराज भट्टराई सचिवमा ज्ञानेन्द्र जोशी, समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बन्जारा रहेका छन्।
पूर्वराज्यमन्त्री र पूर्व पार्टी सभापति जिल्ला सभापतिको प्रतिस्पर्धी बनेपछि अधिवेशन घम्साघम्सी हुने अनुमान गरिएको छ। दुवैजना प्रतिस्पर्धी आफ्नो पक्षमा चुनावी नतिजा पार्न कस्सिएर लागेका छन्।
निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३० जनाको उम्मेद्वारी परेको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला महिलामा ८ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्यमा ९ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्य महिलामा २ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजातीमा ११ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती महिलामा ६ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलितमा २ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि अल्पसंख्यक, अपांगमा ४ जनाको उम्मेद्वारी परेको छ।
महाधिवेशन प्रतिनिधि खुल्लामा १०, खुल्ला महिला ४, खस आर्य २, खस आर्य महिला १, आदिवासी जनजाती ३, आदिवासी जनजाती महिला ३, दलित १, अल्पसंख्यकवाट १ जनाको कोटा छ।
यस्तै, जिल्ला कार्य समिति खुल्लामा ९ जना, खस आर्यमा ७, खस आर्य महिलामा ३, आदिवासी जनजातीमा १०, आदिवासी जनजाती महिलामा ५, दलित र दलित महिलामा १/१ जना र अल्पसंख्यक अपांगमा २ जनाको उम्मेद्वारी परेको छ। जिल्ला कार्य समितिमा मेजर पोष्टका ७ वाहेक ३२ जना चुनिने छन्। यसैगरी, पालिका स्तरीय उम्मेद्वारको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाभन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि यहाँ भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र भोलीपल्ट अन्तिम नामावली प्रकाशन मात्रै भएको हो।
मतदान भने मंगलवार पनि नहुने भएकोे छ। आज मतदान हुन्छ की हुदैन भन्ने प्रश्नमा जिल्ला निर्वाचन समितिका एक पदाधिकारीले भने, ‘संम्भावना कम छ’ मतदान सरस्वती माध्यमिक विद्यालय दिक्तेलवजारमा हुने भनिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology