समायोजन खबर खोटाङ, हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ ।
बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।
बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology