समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेतृ उषाकला राईले पार्टीको दशौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यका लागि उम्मेद्वारी दिने घोषणा गरेकी छन्।
एमालेको दशौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा प्रेस चौतारी नेपाल खोटाङले एमाले पार्टी कार्यालय दिक्तेलमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ राईले जिल्लाको नेतृत्व गर्दै केन्द्रीय कमिटी सदस्यका लागि उम्मेद्वारी दिने घोषणा गरेकी हुन।
केन्द्रीय कमिटीमा उम्मेदवारी दिने रहर गरेकी छु। निष्ठा, ईमान्दारीता र प्रष्ट दृष्टिकोण लिएर काम गर्नु सक्छु भन्ने मेरो विश्वास छ। नेतृ राईले भन्नुभयो, “मलाई केन्द्रीय कमिटीमा अगाडी बढ्ने मेरो रहरलाई पूरा गर्नका निम्ति सहयोग गरिदिन हुन सम्पूर्ण राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुमा सहयोगका लागि हार्दिक अपिल गर्दछु।”
एमालेको दशौ महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म हुनेछ । महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदी किनार नारायणगढमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता हुनेछ।
को हुन् उषाकला राई
२०२६ सालमा हालको दिक्तेल रुपाकोट रुपाकोट मझवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएका राईले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका हुन्। राजनीतिक पारिवारीमा हुर्केकी राईले प्रहरी धरपकड सहदै निक्कै कष्टकर रुपमा राजनीतिमा संघर्ष गरेकी थिईन्।
तत्कालिन अनेरास्ववियु एकताको पाँचौमा आवद्ध हुंदै राजनीतिमा होमिएका राईले खोटाङ–काठमाण्डौ सम्पर्क मञ्च(२०४७) मा अध्यक्षको दाबी पनि गरेकी थिईन्। प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुंदै २०६४ सालमा संविधानसभा सदस्य भएकी राई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनिन्।
हाल अखिल नेपाल महिला संघको केन्द्रीय सचिवलाय सदस्य, १ नम्बर प्रदेश कमिटी सदस्य रहेका राई प्रदेश नं. १ को हालको सांसद तथा पूर्व सामाजिक विकास मन्त्री हुन्। ब्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि सारेर स्थानीय मदिरालाई ब्राण्ड बनाउनमा उनी जोडदार लागि परिरहेका छन्।
पूर्व सामाजिक विकास मन्त्री राईको ५ महिने कार्यकालमा ब्याण्ड भर्सेस ब्राण्डका लागि १ करोड वजेट विनियोजन भएको छ। स्थानीय प्रहरी, प्रशासनले घरेलु मदिरा नष्ट गर्दा स्थानीयहरु उनै राईलाई सम्झने गर्छन्।
यो पनि,यी हुन एमालेवाट छनोट भएका महाधिवेशन प्रतिनिधि
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology