• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : यी हुन एमालेवाट छनोट भएका महाधिवेशन प्रतिनिधि

खोटाङ : यी हुन एमालेवाट छनोट भएका महाधिवेशन प्रतिनिधि


समायोजन खबर
  • शनिबार, कार्तिक २७ २०७८

  • समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आसन्न दशौ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ। महाधिवेशनका लागि एमालेले शनिबार १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो।

    एमाले श्रोतका अनुसार पार्टी ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण बहादुर घले र नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश कुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि भएका छन्।

    कार्यदलवाट हरिकुमार पोखरेल, पाँचकर्ण(पीके)राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र साम्पाङ, देवविक्रम राई, कुमार प्रसाद आचार्य, दीपनारायण रिजाल, चर्च बहादुर विश्वकर्मा, चक्रबहादुर(दिलचक्र) राई, विणादेवी राई, गोमा मगर, पुष्पकला भुजेल प्रतिनिधि छनोट भएको एमालेका पार्टी अध्यक्ष दंगालले बताउनुभयो।

    केन्द्रीय कमिटीवाट मनोनितका लागि सुरेन्द्र कुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको छ। २५ कार्तिकमा वसेको एमालेको जिल्ला कमिटी वैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि जिल्ला कमिटीको सचिवालयलाई जिम्मेवारी दिएको थियो। पुनः २६ कार्तिकमा उक्त सचिवालयको वैठक वसी निर्माण गरिएको ‘महाधिवेशन प्रतिनिधि छनोट कार्यदल’को वैठकले प्रतिनिधिहरु छनोट गरेको हो।

    एमालेको दशौ महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म हुनेछ। एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ। महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागि हुनेछन्।

    महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदी किनार नारायणगढमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ। महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology