• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान अध्यक्ष नेपालको निर्देशन

पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान अध्यक्ष नेपालको निर्देशन


समायोजन खबर
  • शनिबार, कार्तिक २७ २०७८

  • माधव कुमार नेपाल।

    समायोजन खबर, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिनु भएको छ। अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनु भयो।

    पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो। अध्यक्ष नेपालले भन्नुृ भयो, ‘तपाईहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला। यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन। तपाईको स्वास्थ्यलाई पनि काम गर्छ। म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ। आयू घटाउँछ, रोग निम्त्याउँछ। रोगी बन्नु हुन्छ तपाई। तपाईको पैसाको दूरुपयोग हुन्छ। तेस्रो घर कलह सुरु हुन्छ। त्यसपछि तपाईको खराव बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ। त्यसले समाजमा ठूलो विकृति बढदछ।

    समाजमा कलह पैदा हुन्छ। त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढदैन। सम्मान बढदैन। जाडरक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला। विहान उठने वित्तिकै एक प्याक ल्याउ भन्नेहरु हुन्छन। त्यो हो भने ठिक हुँदैन। खाँदै नखानुस् पहिलो कुरा। नखाए तपाईँको वेट घटदैन। राम्रो चिज खानुस्। राम्रो स्वास्थ्य बनाउनुस। तगडा हुनुस्। दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस्।’

    अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गर्नुभयो। त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology