• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो देउवाको पुत्ला

मुल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो देउवाको पुत्ला


समायोजन खबर
  • बिहिबार, कार्तिक २५ २०७८

  • समायोजन खबर, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ।

    बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो। अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ। विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसि लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताउनुभयो।

    उहाँले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो,‘हिजो मात्रै जसरी जनतामारा निर्णय गरेको छ। यो पछिल्लो समय भएको मुल्यवृद्धि अविलम्ब फिर्ता लिनको लागि म अनेरास्ववियुको तर्फबाट सरकारलाई अल्टिमेटम दिन चाहान्छु, यो मुल्यवृद्धि १२ घण्टाभित्र फिर्ता भएन भने हामीले काउनडाउन गरेर यो सरकारकै बर्हिगमनको लागि आन्दोलन गर्नेछौँ। र सरकारको समेत दिनगन्ती सुरु हुनेछ ।’

    बिरोध कार्यक्रममा परमादेशी सरकार राजिनामा दे, नाफाघाटा जान्दैनौँ मुल्यवृद्धि मान्दैनौँ लगायतको नाराबाजी समेत गरिएको थियो। नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मुल्यवृद्धि गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology