• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अधिवेशनको मिति नजिकिएसँगै खोटाङ कांग्रेसमा बढ्यो सरगर्मी

अधिवेशनको मिति नजिकिएसँगै खोटाङ कांग्रेसमा बढ्यो सरगर्मी


समायोजन खबर
  • बुधबार, कार्तिक २४ २०७८

  • हलेसीमा सामूहिक तस्विर खिचाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताहरु।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको १४ औ महाधिशेवनको मिति नजिकिएसँगै खोटाङमा सातौ जिल्ला अधिवेशनको सरगर्मी बढ्न थालेको छ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पछिल्लो समय चौथोपटक निर्वाचनको मिति हेरफेर गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा तिहार सकिए लगत्तै अधिवेशनको माहोल एकाएक तातेको हो।

    अधिवेशनको नयाँ मिति तय भएसंगै नेताकार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिन थालेका छन्। जिल्ला तहमा नेतृत्वका लागि आकांक्षीले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन लागि दौडधुप गरिरहेका छन्।

    खोटाङ कांग्रेसको हालका जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र पूर्व पार्टी सभापति विष्णुकुमार राईविच मंगलबार र बुधबार हलेसीमा वैठक बसेर सहमतिमा पदाधिकारी टुंगो लगाएको छ। श्रोतका अनुसार बैठकले विष्णुकुमार राई सभापति, उपसभापतिमा क्षेत्र नं.१ का क्षेत्रिय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं.२ का क्षेत्रिय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुंगो लगाएको छ। भट्टराईले त यस अघिसम्म जिल्ला सभापति वाहेक अन्य पदमा उम्मेद्वारी नदिने बताउँदै आएका थिए।

    राईको टिमको सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समिर राईको नाम अटाएको छ। जोशी, आचार्य र राई मध्ये एकजनाले सचिव पदमा दावी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाईने र जिल्ला कार्य समितिमा संगठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको छ। सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारा रहेको श्रोतले बताएको छ।

    राई सभापति, उपसभापतिमा दुवै क्षेत्रिय प्रतिनिधि र सचिवमा आचार्य र राई अट्ने गरी यसअघि नै सामाजिक सञ्जालमा पोष्टर छ्याप्छ्याप्ती भएको थियो। अहिले पदाधिकारी टुंगो लागेका अधिकांशले उक्त पोष्टर सल्लाह विना बनेको र बनाउने मान्छे खोज्ने बताउँदै खण्डन पनि गरेका थिए। अहिले जोशीलाई राखेर सोही पोष्टर अनुसार राईको नेतृत्वमा जिल्ला अधिवेशनका लागि सेट तयार भएको छ। अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसमहत ढंगले टुङग्याउने जनाईएको छ।

    नरेश र विष्णुमा सहमति भएपछि अब जिल्ला तहमा नेतृत्वका आकाङक्षीमा महासमिति सदस्य राई, पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रवि प्रकास राई, महाधिवेशन प्रतिनिधि भुपेन्द्र राई देखिएका छन्।

    सभापतिका अन्य आकाङक्षीमध्ये सर्वधन राई, रवि प्रकास राई र भुपेन्द्र राई पनि आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन लागि दौडधुप गरिरहेका छन्। रवि प्रकास र भुपेन्द्र राईसँग समिकरण गरेर जान सकिने संम्भावना पनि प्रशस्त रहेको पूर्व राज्यमन्त्री राईले बताउनुभयो।

    नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन आगामी मंसिर ६ गते हुनेछ। केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology