समायोजन खबर खोटाङ, स्थानीय मदिरालाई ब्राण्ड बनाउने अभियानमा लाग्नुभएका अभियान्ता उषाकला राईले स्थानीय रक्सी माटोमा पोख्नुपर्ने काम निन्दनीय र तल्लोस्तरको हर्कत भएको बताउनुभएको छ।
अबैध रुपमा उत्पादन गरेको भन्दै ईलाका प्रहरी कार्यालय महादेवस्थानले १५ कार्तिकमा सोही ठाउँबाट तयारी घरेलु मदिरा ८० लिटर र २ सय लिटर कच्चा पदार्थ बरामद गरेर माटोमा पोखेपछि चौतर्फी विरोध भईरहेको अवस्थामा एमालेका प्रदेश सदस्य तथा प्रदेश नं. १ का पूर्व सामाजिक विकास मन्त्री राईले घरेलु रक्सी पोख्नुलाई निन्दनीय र योभन्दा नराम्रो काम अरु हुनै नसक्ने बताएकी हुन्।
घरेलु मदिरा पोखेकोप्रति घोर भत्र्सना गर्छु, घोर निन्दा गर्छु, त्यो गलत काम हो। हाम्रो रक्सी माटोमा पोख्नुपर्ने विदेशी रक्सी चिर्यस गर्नुपर्ने, यो भन्दा निन्दनीय, यो भन्दा नराम्रो चिज के हुन्छ। ब्याण्ड भर्सेस ब्राण्डको अभियानलाई सफल बनाउन तल्लोस्तर हुंदै सदनसम्म चर्को आवाज उठाउँदै आउनुभएका राईले भन्नुभयो,“गरीबको कोखामा, गरीबको पेटमा लात्ताले हानेर, ढाडमा लात्ताले हानेर रक्सी माटोमा मिलाएर हामीलाई मार्ने, अनि बाँच्नका लागि अरुकै साहारा, अरुकै त्यान्द्रो पक्रिएर हामी अगाडी बढ्नुपर्ने ?”
विदेशी चिजलाई मन पराउने, हाम्रो चिजलाई फाल्नुपर्ने, पोख्नुपर्ने, घृणा गर्नुपर्ने, थुथु गर्नुपर्ने काम के छ ? राईले प्रश्न गर्नुभयो, ‘नराम्रो भयो त राम्रो बनाउनु प¥र्यो नि त? रोक्ने हो भने विदेशी रक्सी सबै ल्याउन ब्याण्ड गरुन न त।’

घरेलु मदिरा नष्ट गर्दै ईप्रका महादेवस्थानका प्रहरी र महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई। तस्विर सौजन्य ईप्रका महादेवस्थान फेसबुक
घरेलु मदिरा पोखेपछि यसको अहिले चौतर्फी विरोध भईरहेको छ। हलेसीमा मदिरा नष्ट गरिएकोमा जनता समाजवादी पार्टी खोटाङ मंगलबार प्रशासन कार्यालयमा डेलिगेसनमा गएको छ। जसपाले उक्त घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ईप्रका महादेस्थानले फेसबुकमा राखेको तस्विरमा मदिरा नष्ट गर्ने क्रममा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई खुलेर मुस्कुराई रहेको देखिन्छ। ईप्रका महादेवस्थानको फेसबुक वालमा अहिले वडाध्यक्ष राईको उक्त तस्विर भने हटाईएको छ।
सामाजिक सञ्जालमा मदिरा नष्ट भएको चौतर्फी विरोध भएपछि वडाध्यक्ष राईले भने १८ कार्तिकमा फेसबुकमार्फत आत्मालोचना गरेका छन्। ‘कार्तिक १५ गते हलेसी बजारबाट रक्सी खरिद गरी गैरीगुठ गाउँमा लगिरहेको अबस्थामा ईप्रका हलेसी महादेवस्थानको गस्ती टोलिले बरामद गरेर रक्सी खरिदबिक्री गर्ने दुबैजनाको उपस्थितिमा उक्त रक्सी विसर्जन गरिएको घटना सत्य हो । उक्त घटनाले पार्टी, श्रमजीवि जनसमुदय,,किरात संस्कार संस्कृति माथिको भावनामा असर पर्न गएकोमा आत्माआलोचि छु।’ वडाध्यक्ष राईले अघि लेखेका छन् “घटनाले चेतनाको विकास गराएको छ, आगामी दिनमा सामाजिक सद्भाव कायम गराउने कुरामा प्रतिवद्ध रहेको कुरा सबैमा विश्वास दिलाउन चाहान्छु।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology