समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएकोे हो।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ५२६ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ।
सोही अवधिमा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ। हाल २१२ जना क्वारेन्टाइनमा छन्। २३४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology