• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अहिलेको गठबन्धन निर्माण समयको आवश्यकता हो : टंक राई

अहिलेको गठबन्धन निर्माण समयको आवश्यकता हो : टंक राई


समायोजन खबर
  • शनिबार, कार्तिक १३ २०७८

  • नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य टंक राई।

    समायोजन खबर खोटाङ,नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा केन्द्रीय अनुशासन आयोग प्रमुख टंक राईले गठबन्धनबाट निर्माण भएको अहिलेको सरकार समयको आवश्यकता र परिस्थितीको उपज भएको बताउनुभएको छ।

    अहिले निर्माण भएको गठबन्धन समयको आवश्यकता हो। यो परिस्थितिको उपज हो। प्रेस सेन्टर खोटाङले शनिबार आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै नेता राईले, यसो नगररीकन मुलुकमा आजको संघीयता गणतन्त्रलाई संस्थागत गर्ने र सुदृढ बनाउने काम गर्न नसकिने बताउनुभयो।

    गठबन्धन एउटा प्रयोजनको निम्ति बनेको छ। क्षणिक शक्ति र सत्ताको निम्ति बनेको हैन। मुलुकको संविधान लागू गर्ने क्रममा बाधा ब्यवधान उत्पन्न भयो, मुलुक पश्चगमनतर्फ जान लाग्यो भने त्यसलाई रोकेर संविधानलाई क्रियाशिल बनाउने, कार्यन्वयन गर्ने, मुलुकले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्ने र जनताको पक्षमा, मुलुकको हितमा काम गर्ने उद्देश्यका साथमा गठबन्धन निर्माण भएको हो। उहाँले भन्नुभयो, ‘बाम लोकतान्त्रिक गठबन्धनले निकास दिनुपर्दछ।’

    यो गठबन्धनले आगामी निर्वाचन समयमा गराउँछ। स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै दिन गरौ भन्ने नेकपा माओवादीको प्रस्ताव छ। यसले समयको बचत हुन्छ, राज्यको खर्च बचत हुन्छ। स्वयम् मतदाताहरुको पनि समय बचत हुन्छ। स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गठबन्धनले मोर्चा बनाएर नै फेस गर्छ। निर्वाचनको वेलामा त्यसो नगर्ने हो भने प्रतिगामी शक्ति फेरी टाउको उठाउन सक्ने संम्भावना तिर जान्छ। उहाँले भन्नुभयो।
    केही मान्छेहरु बामपन्थी एकताको कुरा गर्न लागेका छन्। को हो बामपन्थी ? कस्तो बामपन्थी ? राईले प्रश्न गर्नुभयो । केपी ओली र उनको एमाले बामपन्थी शक्तिको रुपमा रहेन। यी प्रतिक्रियावादी शक्तिका मतियार हुन्। त्यसकारण उनीहरुसँग मोर्चाबन्दी, तालमेल, गठबन्धन बनाउने कुनै संम्भावना छैन। तपाईहरुलाई प्रष्ट भन्छु। ‘ओली प्रवृत्तिलाई जनस्तरबाटै जिरो बनाईनु आजको आवश्यकता हो। एमालेलाई वडामै जिरो सिट हुन्छ।’

    जिल्लामा पनि पटक–पटक सर्वदलीय गठबन्धनको बैठक औपचारिक, अनौपचारिक गरेका छौ। जिल्लाको हकमा स्थानीय, प्रदेश र संघीय संसदमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले एक भएर निर्वाचन लड्ने राईले बताउनुभयो। एउटै मोर्चाबन्दी भएर निर्वाचनमा जान्छौ। मोर्चाले एउटै चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको पनि राईले बताउनुभयो। एउटै चुनाव चिन्हवाट संम्भव हुदैन भने पनि गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने कुरा प्रष्ट छ। हामी त्यसरी जादैछौ।

    त्यसका लागि गठबन्धनको जिम्मेवार नेताहरुको बैठक बसेर जिल्लामा पनि आगामी तीनै तहको निर्वाचनमा एकजुट भएर जाने प्रतिवद्धता व्यक्त गर्दै सार्वजनिक गर्ने तयारीमा रहेको, जिल्लाको विकास निर्माण र समस्याहरुको सन्दर्भमा साझा धारणा निर्माण गर्न कोशीस भईरहेको बताउनुभयो। आगामी दिनमा जिल्लामा के कस्ता काम गर्नुपर्छ, प्रदेश,संघीय सरकारले के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गरेर साझा धारणा निर्माण गरिने र त्यो साझा धारणा आगामी निर्वाचनको स्थानीय घोषणापत्र हुने राईले बताउनुभयो।

    वंशिलाघाटमा बेलिव्रिच राख्न चारैवटा पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेर भौतिक योजना मन्त्रालयमा निवेदन पेश गरेको पनि बताउनुभएको छ। दुई तिहाई बहुमत प्राप्त केपी ओली सरकार विध्वंसको वाटोमा लाग्दा मुलुकमा अहिले संकट भएको र संकटको मूल कारण केपी ओली र ओली प्रवृत्ति नै भएको राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology