• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर चिसो बढ्यो, धेरै ठाउँको मौसम बद्ली

देशभर चिसो बढ्यो, धेरै ठाउँको मौसम बद्ली


समायोजन खबर
  • मंगलबार, कार्तिक ९ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, देशभर चिसो बढ्न थालेको छ। न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ।

    अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन्। मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ। तर, बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ।

    हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ। तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ। हिजो बिहान ५ बजेको काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो।

    आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ। यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
    आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना छ। आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology