समायोजन खबर, आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश(१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो।
उहाँका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि(मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि(मनसुनमा जस्तो पोष्ट मनसुनमा भने हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना त्यति नहुने उहाँले बताउनुभयो।
मनसुन पछिको एक, दुई महिनाको समयलाई पोष्ट मनसुन भन्ने गरिन्छ। त्यही कारण काठमाण्डौसहित केही पहाडी भेगको मौसम अहिले धुम्मिएको जस्तो देखिएको छ। दिउँसो धुम्मिएको बादल हटेर अलि सफा हुनेछ र एक छिन घाम लाग्ने र फेरि बद्ली हुने सम्भावना रहेको उहाँले बताउनुभयो।
भोलि बेलुकासम्मको मौसम लगभग यस्तै हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology