समायोजन खबर, नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ। देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो।
अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले छ। देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ। यस्तै आउँदो ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन्। गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन्। एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology