• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक साताभित्रै ढल्ने भए एमालेका दुई प्रदेश सरकार

एक साताभित्रै ढल्ने भए एमालेका दुई प्रदेश सरकार


समायोजन खबर
  • शनिबार, कार्तिक ६ २०७८

  • समायोजन खबर, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो। लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रस्तावउपर ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गर्नुभयो । प्रदेशसभामा प्रस्ताव टेबुल भएसँगै मुख्यमन्त्री आचार्यको कार्यकालको छिनोफानो आइतबार हुने भएको छ।

    बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेशसभामा मत विभाजन गर्ने सहमति भएको थियो। सोहीअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा ९२० तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ९४० बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ। कार्यव्यवस्था बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सहभागी भएका सांसदहरूले भने शुक्रबार नै छलफल गरी मत विभाजन गर्नुपर्ने माग गरेका थिए। तर, बाढी–पहिरोका कारण शुक्रबार केही सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै रहेको र प्रदेशसभामा उपस्थित हुन नसकेका कारण विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आइतबारको बैठकमा गर्ने सहमति भएको जनाइएको छ।

    आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बन्नुभएको थियो। एमाले विभाजनपछि मुख्यमन्त्री बन्नुभएका आचार्य अल्पमतमा हुनुहुन्छ। उहाँले प्रदेशसभामा विश्वासको मत नपाउने पनि निश्चित छ । प्रदेशसभामा एमालेका कुल ५० सांसदमध्ये १० जना नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो।

    प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ। प्रदेशसभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक सांसद छन्।

    मुख्यमन्त्री आचार्यको बहिर्गमन निश्चित भएसँगै प्रदेश १ मा नेकपा एसका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नुहुने भएको छ। विपक्षी गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ।

    यता, अल्पमतमै रहनुभएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको छिनोफानो कात्तिक १० गते हुँदैछ। बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश भए पनि १० गते मतदान हुने गरी बैठक स्थगित भएको थियो। बागमतीमा पनि मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित छ। १०९ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको साथ चाहिन्छ। तर, एमालेका ४३ सांसद मात्रै छन्। बागमतीमा पनि नेकपा एसकै राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धनले मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । बागमतीमा नेकपा एस र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology