• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा हावाहुरीले पाक्न लागेको धानवालीमा क्षति, कृषक चिन्तित

खोटाङमा हावाहुरीले पाक्न लागेको धानवालीमा क्षति, कृषक चिन्तित


समायोजन खबर
  • आइतबार, असोज ३१ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङमा पाक्न लागेको धानवालीमा हावाहुरी र पानीले क्षति गरेकोे छ। किसानहरुले लगाएको प्रमुख धानवालीमा क्षति गरेपछि किसानहरु चिन्तित बनेका छन्।

    गएराती आएको पानी र हावाहुरीले जिल्लाका अधिकांश स्थानको धानवालीमा क्षति गरेको जनाईएको छ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललित राईले हावाहुरीले लडाएको धानको फोटो फेसबुकमा राखेर ‘समयले ठगेपछि कृषकको बेहाल’ भनेर लेखेका छन्।
    दिक्तेल–१ का स्थानीय नबराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ भनेका छन्। दिक्तेलकै स्थानीय तथा शिक्षक ज्ञानप्रसाद आचार्यले पनि ‘वर्षभरीको कमाई एकै छाक’ भन्दै हावाहुरीले लडाएको धानवालीको फोटो फेसबुकमा राखेका छन्।
    किसानको मेहनतलाई ध्यान दिंदै राज्यले नीतिगत रुपमा राहतको व्यवस्था गर्न जरुरी रहेको नेपाली कांग्रेस खोटाङका क्षेत्रीय सभापति तिर्थराज भट्टराईले बताउनुभयो। धानमा पुगेको क्षतिप्रति धेरैले दुख व्यक्त गरेको छ।

    जिल्लाभरी १२ हजार ८ सय ९८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ। यसपटक शत–प्रतिशत रोपाई भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
    भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले हावाहुरी र पानी पर्दा धानवालीमा क्षति गरेको हो। अझै केही दिन मौसम बदली हुने जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology