समायोजन खबर, सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ।
सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो। जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन।
खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप हिजो नेपाल ल्याइएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो।
खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology