समायोजन खबर, सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराउनु भएको हो । सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निणर्य गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहनु भएका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराउनु भएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । नेता यादवले भन्नु भयो, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो । हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो । त्यो चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो ।
मन्त्रालय जम्मा ४ वटा छ । सबैलाई मन्त्री बनाउन त सकिदैन । त्यसैले अव तपाईहरुले आफ्नो आफ्नो कुरा राख्नुस्। कसरी लादा राम्रो हुन्छ रु भन्ने कुरा भयो । पार्टीले पनि अव मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होईन भनेको छ । तपाईले पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लिंगिकता, मूल्यांकन र क्षमताको आधारमा निणर्य गर्नुहोस्। त्यो निणर्य हामी स्विकार गछौं भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निणर्य गरिएको छ।’
जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अव दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषदले पूणर्ता पाउनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology