समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले महशुल नतिर्नेहरुको लाईन काट्न सुरु गरेको छ। दशै अगावै वाँकी वक्यौता असुलि गर्ने लक्ष्यले लामो समयसम्म महशुल नतिर्ने ग्राहकहरुको धमाधम लाईन काट्न सुरु गरेको हो।
मंगलबार प्राधिकरणले ५ हजार तथा ५ महिनाभन्दा बढी समयसम्म महशुल नतिर्ने ४२६ जना ग्राहकको लिष्ट तयार गरेका छन्। उनीहरुवाट ६५ लाख हाराहारीमा बक्यौता रकम उठ्न वाँकी रहेको वितरण केन्द्रले जनाएको छ। उनीहरुलाई महशुल तिर्न लिखित तथा एफएममार्फत अनुरोध गरिएको थियो।
लामो समयसम्म महशुल नतिर्नेमा सरकारी कार्यालय, स्थानिय निकाय, स्वास्थ कार्यालय, वडा कार्यालय, औधौगिक र ग्राहस्थ तथा सामुदायिक विधुतिकरण संस्थाका ग्राहकहरू छन्।
लेखा प्रमुख वावुराम पन्थीको नेतृत्वमा प्राविधिक फाँट प्रमुख उमेश कुमार महतो प्राविधिक कर्मचारी मोहन दाहाल, कमला वन, सिताराम खनाल सहितको लाईन काट्ने टोलिले सुरुमै २० वटा ग्राहकको लाईन काटेको छ। लाईन काटेकामध्ये ५ वटा ग्राहकले महशुल बुझाई पुनः काटिएको लाईन जडान गरेको वितरण केन्द्र प्रमुख विजय राज रेग्मीले बताए।
दशैको आसपासमा आर्थिक गतिविधि बढी हुने र घरधनीहरु घरमा आउने भएकाले वक्यौता उठाउन ताकेता गरिएको हो। महशुल तिर्ने ग्राहकलाई नियमित विधुत सेवा प्रदान गर्छौ। कार्यालय प्रमुख रेग्मीले भने,“विधुत नपुगेका स्थानहरूमा सरकारवाट विनियोजित वजेट अनुसार विधुतिकरण कार्य सम्पन्न गर्ने पनि योजना छ।”
यसैविच, बुधबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत प्रवाह नहुने भएको छ। दशै तिहारमा विधुत माग वढ्ने र नियमित विधुत सुचारु गर्न जलजले–वुईपा सवस्टेशनसम्मको ३३ केभी प्रशारण लाईन वरपरको रुख, हाँगा कटानीको काम गर्नुपर्ने भएकाले विधुत प्रवाह नहुने भएको हो। खोटाङमा करीव १७ हजार विधुतका ग्राहक छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology