• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डले कार्यकर्तालाई भने, देशैभर एमालेको प्रतिवाद गर्नुहोस

प्रचण्डले कार्यकर्तालाई भने, देशैभर एमालेको प्रतिवाद गर्नुहोस


समायोजन खबर
  • आइतबार, असोज १७ २०७८

  • समायोजन खबर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उहाँले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ उहाँले भन्नुभयो, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने गरी काममा लाग्नुस्।’

    प्रचण्डले अघि भन्नुभयोे, ‘छाती खोलेर भन्नु हामीले बनाएको हो संविधान । यिनीहरू विरोधी हुन् भन्दै हिँड्नुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मिहिनेत गरौं ।’ अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उहाँविरुद्ध आक्रमण गरेको बताउनुभयो । ‘मैले केपी ओलीको विचार के हो रु शैली के हो रु रणनीति के हो रु उसको भ्रष्टाचार कति छ रु भनेर आक्रमण गरेकै हो’, उहाँले भन्नुभयो, ‘मैले पेश गरेको त्यो डकुमेन्ट ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ नै थियो ।’

    उहाँले ओलीविरुद्ध दस्तावेजको ‘बम’ हानेपछि आफूलाई बालुवाटारको कैदबाट मुक्ति मिलेको पनि बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology