समायोजन खबर, प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ। यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ।
यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ। प्रदेश-१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ। नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ।
अबको एकरदुई दिनको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्। यस्तै, यसपालि ढिलो गरी मनसुन बाहिरिने भएको छ। मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो।
तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एकरदुई दिन छिटो र एकरदुई दिन ढिलो हुने गर्छ। यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology