समायोजन खबर खोटाङ, खोटाङमा ‘खोटाङ सामुदायिक संग्राहलय’ निर्माणका लागि तयारी थालिएको छ। संस्कार, संस्कृति, धार्मिक, सामाजिक, आर्थिक, भौतिक प्रगतिमा जिल्लाभरीका जातजातिलाई समेट्ने गरी संग्राहलय निर्माणको तयारी थालिएको हो।
शनिबार दिक्तेलस्थित कर्ममन्दिरमा विभिन्न जातजातिका प्रतिनिधिहरुको सामूहिक छलफलले संग्राहलय निर्माणका लागि अवधारणा अघि सार्दै तदर्थ समिति, विधान मस्यौदा समिति, जग्गा व्यवस्थापन समिति तथा प्रचारप्रसार समिति निर्माण गरेको छ।
टाङ सामुदायिक संग्राहलय निर्माण अवधारणा २०७८ लाई पूर्णता दिन दुर्गाप्रसाद घिमिरेको अध्यक्षतामा नौ सदस्य तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा फुर्वा शेर्पा, सचिवमा पृथी जिम्बा, कोषाध्यक्षमा पेमलमु शेर्पा तथा सदस्यहरुमा गिरिराज राई, नारायण राई, लालवहादुर विक, राम ताम्राकार र रविन सुनुवार छन्। उमेशचन्द्र आचार्यको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । विधान मस्यौदा समितिको सदस्यद्धयमा राम ताम्राकार तथा वलाराम खत्री छन्।
संग्राहलय निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलभित्र कम्तीमा तीन रोपनी जग्गा व्यवस्थापनका लागि दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ६ सदस्य जग्गा व्यवस्थापन समिति गठन गरिएको छ । जग्गा व्यवस्थापन समितिको सदस्यहरुमा नारायण राई, अनिल आचार्य, एलवि मगर, लाल वहादुर विक लगायत छन्।
यस्तै, संग्राहलय निर्माण अवधारणा २०७८ लाई सफल पार्न पत्रकार चिसाङ शेर्पाको संयोजकत्वमा प्रचारप्रसार समिति निर्माण गरिएको खोटाङ सामुदायिक संग्राहलय निर्माण अभियानका तदर्थ समिति अध्यक्ष घिमिरेले बताए। खोटाङ सामुदायिक संग्राहलय अवधारणालाई पूर्णता दिनका लागि आगामी कार्तिक मसान्त भित्रमा विधान मस्यौदा तथा जग्गा समेत व्यवस्थापन गरिसक्ने जनाईएको छ।
सामुदायिक संग्राहलय बन्दा के फाईदा ?
जिल्लाभित्र रहेका शेर्पा, राई, नेवार, मगर, माझी, दमाई, खस आर्य, तामाङ, भुजेल, विक, सार्की, लिम्वु, मधेसी, गुरुङ, सुनुवार जातिका लागि संग्राहलय बन्दा साम्प्रदायिक भेदभाव नहुने, खोटाङ थप चर्चामा आउने, हलेसीसँग जोडिने, धार्मिक, सामाजिक, आर्थिक, भौतिकमा प्रगति हुने तथा संस्कार, संस्कृतीमा प्रगती हुनेछ।
सामुदायिक संग्राहलय निर्माणका अफ्ठ्यारा पक्षहरु यी हुन ?
खोटाङ सामुदायिक संग्राहलय निर्माणका लागि आर्थिकको व्यवस्था, निर्माण स्थलकोे छनौट र वनौटको व्यवस्था, कानुनी व्यवस्था, सहभागिता तथा संकल्प र लगनशीलता।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology