समायोजन खबर खोटाङ, खोटाङका तीन महिलाको हत्या भएको पाँचवर्ष वित्दा पनि अझै हत्यामा संलग्न दोषीहरुको पत्ता लाग्न सकेको छैन। जिल्लाको विभिन्न स्थानमा विभत्स रुपमा हत्या गरिएका महिलाहरुको हत्यामा संलग्न व्यक्तिहरुको यतिका वर्षसम्म पत्ता नलागेको हो।
२०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्या भएको थियो।
यो पनि पढ्नुहोस,तीन महिलाको हत्यारा पत्ता लागेन
सिम्पानीबजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो। घट्नास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
गाईवस्तुलाई स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो। यस्तै, माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट दिप्लुङ घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो।
यो पनि,तीन महिलाको हत्यारा खोजीमा अधिकतम प्रयास हुनेछ :डिएसपी लम्साल
तीनैवटा घट्नालाई शंकास्पद मानिएको छ। महिलाहरुको हत्या भएको लामो समय बित्दा पनि हत्याराको सुराकसम्म नभेटेको भन्दै औपचारिक तथा अनौपचारिक कार्यक्रममा प्रशासन र प्रहरीमाथि सरोकारवालाहरुले प्रश्न उठाउने गरिरहेका छन्। यस घट्नाको विषयमा ठ्याक्कै यति भयो भन्ने कुरा भएन, काम गरिरहेकै छौ, लागिरहेका छौ। प्रहरी नायब उपरिक्षक उमेश लम्सालले भन्नुभयो, “हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौ, रिजल्ट आईसकेको छैन, हेरौ अब के हुन्छ।”
२०७३ सालयता डिएसपी विद्यानन्द माझी, नविन किशोर प्रधान, लोकदर्शन थापा, राजकुमार केसी, वामदेव गौतम, नारायण प्रसाद चिमरीयाले यस घट्नामा अनुसन्धान भईरहेको बताउदै आएको थियो, तर, रिजल्ट भने शुन्यजस्तै थियो । महिला अधिकारकर्मीहरुले समेत यस घट्नालाई खास चासो दिएका छैनन् । यहाँको तीन महिलाको हत्या भएको विषयमा बोल्नुको सट्टा जान्नेबुझ्नेहरु निर्मला पन्त र भागरथी भट्टका विषयमा भने खुलेर बोले तथा ज्ञापनपत्र समेत स्थानीय प्रशासनमा बुझाए।
जिल्लामा आउने प्रत्येक सिडिओ र डिएसपीलाई कुनै पनि हालतमा हत्यारा पत्ता लगाउन तथा खोजविन गर्न भन्दै आएको खोटाङका प्रतिनिधिसभा सदस्य तथा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । संसदमा पटक–पटक यस विषयमा आवाज उठाएको छु, जबसम्म हत्यारा पत्ता लाग्दैन तबसम्म राज्यको सबै अस्त्र प्रयोग गरेर हत्याराको खोजी गर्न लाग्नुपर्छ । भट्टराईले भन्नुभयो, ‘यस घट्नामा जनप्रतिनिधि, राजनीतिकर्मी, पत्रकार, सवैको साझा प्रयास हुनुपर्छ।’
आडभरोसा दिने नभएपछि पीडितहरु पनि घट्नाका वारेमा प्रशासन प्रहरी धाएको देखिन्दैन । सबै पक्षले साथ दिएको भए यो घट्ना पनि राष्ट्रियकरण हुने थियो । यहाँका महिला अधिकारकर्मी तथा विधार्थीहरु पश्चिमका मान्छेको हत्यारा पत्ता लगाउ भनेर उफ्रिए । नाम नबताउने शर्तमा एक जनाले भने,‘ पश्चिमका लागि न्याय दिनु हुन्न भन्ने हैन तर, आफ्नैका लागि यहाँ पनि त्यसरी उफ्रिएको भए हत्यारा पत्ता लागिसक्थे ।’
छुटाउनु भयो कि,निर्मला,भागरथीका हत्यारा खोज भन्नेले खोटाङका तीन महिलाको हत्यारा खोज किन नभनेको ?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology