समायोजन खबर खोटाङ, खोटाङस्थित हलेसी न्युज नेटवर्क प्रालिको कार्यालयवाट ल्यापटप र क्यामेरा चोरी गर्ने युवक पक्राउ परेका छन्। सामग्री चोरी गरी फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका २३ वर्षीय अर्जुन दाहाल पक्राउ परेका हुन्।
दिक्तेलको पूरानो वेसक्यामस्थित नेत्र बहादुर कटवालको घरमा सञ्चालनमा रहेको प्रालिको कार्यालवाट बुधबार बिहान ७ वजे डेल कम्पनीको १५ मोडलको १ थान ल्यापटप, क्यानोन कम्पनीको मोडल नं. ७५० को क्यामेरा १ थान र ल्यापटपको १ थान चार्जर चोरी गरी फरार रहेका दाहाललाई आज‐बिहीबार) बिहान अन्दाजी ८ वजे दिक्तेलको त्रिवेणीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।
प्रहरीका अनुसार सामान चोरी गरी उक्त सामान शरद ज्वेलरीमा राखी दाहाल फरार भएका थिए। सामानहरु भने चोरी भएकै दिन ११ वजे प्रहरीले बरामद गरेर कार्यालयमा ल्याएको थियो। खोजतलासका क्रममा दाहाल फेला परेका हुन्।
पक्राउ परेका दाहाल विरुद्ध चोरी मुद्दा दायर गरी जिल्ला अदालतवाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology