• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउदा १५ जना प्रहरीको फन्दामा

मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउदा १५ जना प्रहरीको फन्दामा


समायोजन खबर
  • मंगलबार, असोज १२ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पन्ध्रजनालाई पक्राउ गरेको छ । सिंगापुर र मलेसियाबाट आएका पन्ध्र जना यात्रुबाट सो परिमाणको सुन बरामद गरेको हो ।

    उनीहरुले भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथाबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद् गरेको छ ।

    पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पुर्‍याइदिन भनेको र सोही अनुसार आफूहरुले काम गरेको बताएका छन् ।

    त्रिअवीमा सम्बन्धित व्याक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिने व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दावी गरेका छन् ।

    मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।

    उनीहरुले मलेसिया र सिंगापुरको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले उक्त सुन दिइ पठाएको र काठमाडौं विमानस्थल वरपरका होटलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनू भनेको प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology