• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस कारण नगर सभापतिमा उम्मेद्वारी, सभापति जितेमा पार्टी थप मजवुत बनाउँछु

यस कारण नगर सभापतिमा उम्मेद्वारी, सभापति जितेमा पार्टी थप मजवुत बनाउँछु


समायोजन खबर
  • बिहिबार, असोज ७ २०७८

  • नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य प्रकाश श्रेष्ठ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोश्रो नगर अधिबेशनमा नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका प्रकाश श्रेष्ठले आफूलाई नगर सभापति जिताएमा आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकामा कांग्रेसलाई विजयी गराउने बताएका छन्।

    दिक्तेलमा २३ भदौमा पत्रकार सम्मेलन गरी नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका श्रेष्ठले हालै सामाजिक सञ्जालमाफर्त आफूलाई क्षेत्रिय प्रतिनिधिहरुले अधिबेशनबाट सभापति जिताएमा पार्टीलाई गुटरहित, पार्टी संगठन सशक्त बनाउने, युवाहरुलाई रोजगारीसँग जोड्ने जनाएका छन्।
    यो पनि,दिक्तेल नगर सभापतिमा प्रकाश श्रेष्ठको उम्मेद्वारी घोषणा
    आम कार्यकर्तामाझ पार्टीलाई गुटरहित बनाउन तथा नगरको संगठनलाई सशक्त बनाउन, पार्टीमा अग्रजहरुलाई सम्मान र युवाहरुलाई प्रोत्साहनका साथै कांग्रेसी राजनीतिमा लागेका युवाहरुलाई रोजगारीसँग जोड्नका लागि पनि आफूलाई जिताउन उनले आग्रह गरेका छन्।

    सभापति भएमा कांग्रेसलाई संस्थागत र बैचारिक संगठनको रुपमा विकास गरिने, गाउँ र बजारबीच सद्भाव एकता र आपसी मेलमिलापको नीति अवलम्वन गरिने, नगरपालिका क्षेत्रमा भएका विकृति, विसंगति विरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने र पार्टीका भातृ निकाय तथा शुभेच्छुक संगठनहरुलाई चलायमान बनाउने श्रेष्ठको योजना छ।

    नगर सभापति जितेमा कांग्रेस पार्टीलाई थप मजवुत बनाउने श्रेष्ठले बताए। श्रेष्ठलाई संस्थापन पक्षका प्रायः नेताहरुको समर्थन छ। नगर सभापतिका अर्को उम्मेद्वारी रामचन्द्र राई हुन्। खार्मीको हालको निर्वाचित वडाध्यक्ष राईले आफू बिना गुट, बिना टिम सभापतिमा लड्ने बताउँदै आएका छन्।
    छुटाउनु भयो कि,नगर सभापतिका उम्मेद्वार प्रकाश श्रेष्ठ को हुन,किन उम्मेद्वारी ? 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology