समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश श्रेष्ठले नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका छन्। श्रेष्ठले जिल्लाकै सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी २७ भदौमा हुने दोश्रो नगर अधिबेशनका लागि उम्मेद्वारी घोषणा गरेका हुन्। उनी दिक्तेलकै स्थानीय वासिन्दा हुन्।
दिक्तेलमा बुधबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफूले नगर सभापतिको उम्मेद्वारी दिने निर्णयमा पुगेको जानकारी दिएको हो। नगरपालिकाको १५ वडाका छरपस्ट कांग्रेसलाई एकढिक्का बनाउन आफूले सभापतिको उम्मेद्वारी घोषणा गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले बताए। श्रेष्ठ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हालको निर्वाचित वडा सदस्य पनि हुन्।
मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक भएको स्थानीय निर्वाचनमा श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसबाट वडा सदस्य पद जितेका हुन्। ९७९ मत ल्याएर वडा सदस्य पद जितेका श्रेष्ठले जिल्ला समन्वय समिति प्रमुखको लागि उम्मेद्वारी पनि दिएका थिए।
श्रेष्ठको राजनीतिक यात्रा भने २०४७ सालमा सरस्वती मावि दिक्तेलबाट नेविसंघको तदर्थ समिति उप सभापतिबाट सुरुवात भएको हो। श्रेष्ठ २०४८ सालमा नेविसंघको तर्फवाट दिक्तेल बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदका लागि चुनाव लडेका श्रेष्ठ २०४९ सालवाट नेविसंघको जिल्ला कार्य समिति सदस्य, २०६७ सालमा कांग्रेसको जिल्ला सदस्य बनेका थिए।
श्रेष्ठले आफू नगर सभापतिका उम्मेद्वार घोषणासँगै आफ्नो टिमका अन्य केही व्यक्तिको पद र नाम पनि सार्वजनिक गरेका छन्। नगर उपसभापतिमा दिक्तेलका लक्ष्मण आचार्य, बुईपाका अर्जुनदेव राई, सचिवमा लफ्याङका गिरिराज राई र बाम्राङका युवक राई, सह–सचिवमा लफ्याङका अञ्चल राई र बाम्राङका सन्तोष खत्री रहेको उनले बताए । बाँकी सदस्य थप गर्दै जाने उनको भनाई छ।
यसैविच, दिक्तेल नगर सभापतिका अर्का आकाङक्षी उम्मेद्वार ईन्द्र घिमिरेले भने आफ्नो समर्थनमै श्रेष्ठलाई उम्मेदवारी घोषणा गर्न लगाइएको बताए। कुनै एक टिमको उम्मेद्वार भन्दै हिड्दा पार्टीमा ठूलो असर गर्ने रहेछ, स्थानीय निर्वाचन नजिक आउँदैछ। स्थानीय निर्वाचन जित्नु छ। घिमिरेले भने, ‘एकताको सन्देश दिन आफूले उम्मेद्वार घोषणा नगरी सहमतिमा श्रेष्ठलाई समर्थन गरेकोे हुं।
आफूले श्रेष्ठलाई समर्थन गरेपछि नगर सभापतिको उम्मेद्वार श्रेष्ठ, रामचन्द्र राई र राजन सैंजुलाई पनि सर्वसहमत गरेर अधिबेशन सम्पन्न गर्न घिमिरेले आग्रह गरेका छन्। कांग्रेस सभापति नरेश श्रेष्ठले एकताका लागि वार्ता संवाद गर्ने र निर्धारित समयभन्दा लम्बाएर भए पनि यस नगरमा सर्वसहमत रुपमा अधिबेशन गराउने बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology