• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसलाई सवैको पार्टी बनाउन गिरीको नगर सचिवमा उम्मेद्वारी घोषणा

कांग्रेसलाई सवैको पार्टी बनाउन गिरीको नगर सचिवमा उम्मेद्वारी घोषणा


समायोजन खबर
  • बुधबार, असोज ६ २०७८

  • नेपाली कांग्रेस खोटाङका युवा नेता कमल गिरी।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका युवा नेता कमल गिरीले कांग्रेस हलेसी नगर सचिवको उम्मेद्वारी घोषणा गरेका छन्। १५ वर्षभन्दा वढी कांग्रेसको क्रियाशिल राजनीति गरिरहेका गिरीले ९ असोजमा हुने पहिलो नगर अधिबेशनमा चक्रकुमार राईको टिमवाट हलेसी तुवाचुङ नगरपालिकाको नगर सचिवको उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

    २०४३ चैत्र २३ गते साविकको महादेवस्थान तथा हालको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा जन्मिएका गिरीले महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीवाट २०६१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका हुन्।

    गाउँमै उच्च शिक्षा अध्ययन गर्ने र जानेबुझेको गर्ने संकल्प लिएर उनले प्रवेशिका परीक्षा उतिर्ण गरेको विद्यालयमै २०६३ सालमा उच्च शिक्षा अध्ययन गरे। प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेर ब्याचलर पनि सोही विद्यालयमा अध्ययन गरेका गिरीले ०६३ सालबाट नै राजनीति सुरु गरेका हुन्। राजनीतिमा लागेका गिरी सुरुवातमै नेपाल विधार्थी संघ(नेविसंघ)को क्षेत्रिय सभापति बने। यसले उनको राजनीतिक हाइट बढायो।
    नेविसंघको राजनीति गर्दै राजनीतिक धरातलमा उत्रेका उनले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिए। जनताले उनैलाई चुनाव लड्न माग गरे। महादेवस्थान वडाको वडाध्यक्ष पदका लागि चुनाव लडेका उनी बिडम्बना झिनो मतान्तरले उपविजेता बनेका थिए। चुनावमा पराजय भएका गिरीले काम भने चुनाव जितेकाले झै जनताका लागि गरेका भेटिन्छन्। दुःखमा जनता उनैलाई सम्झन्छन्।

    कांग्रेसको क्रियाशिल राजनीति गरिरहेका उनी सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छन्। उनले दर्जनौ समाजसेवा गरेका छन्। गरीब दुखीको पिडमा मल्हम लगाउन उनी नै अघि सर्छन्। नेतृत्व सम्हाल्ने अवसर नपाएका उनी यो पटक क्षेत्रिय प्रतिनिधिले हलेसी नगर सचिवमा जिताए हलेसी कांग्रेसलाई मजुवत, युवापुस्तामय, वयष्क, प्रौढ सवै–सवैको पार्टी बनाउने योजनामा छन्।

    हलेसी क्षेत्रमा सबैको कुरा चाँहि के छ भने कांग्रेस चाँहि अलिक अग्रजहरुको पार्टी छ। यसलाई अग्रजहरुले मात्रै हाँकिरहेका छन् भन्ने जुन मानशिकता छ। गिरीले भने, ‘त्यसलाई चाँहि युवाहरुले नै यो पार्टीको नेतृत्व गरी अग्रजहरुलाई सम्मान गर्दै अगाडी बढेर पार्टीलाई द्रुत गतिमा सांगठनिक र राजनीतिक हिसाबमा अगाडी बढाउनु छ।’

    हलेसी तुवाचुङ नगरपालिकाको विकासका लागि म र मेरो नेतृत्वहरुको आवश्यकता छ। उनले थपे, “त्यसैले क्षेत्रिय प्रतिनिधिहरुले हाम्रो हैन, राम्रो युवाहरुलाई नेतृत्वमा ल्याउन अहिलेको आवश्यकता देखेको छु।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology