• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेरी बोले प्रभु साह, भन्छन् यो व्यवस्था असफल भइसक्यो

फेरी बोले प्रभु साह, भन्छन् यो व्यवस्था असफल भइसक्यो


समायोजन खबर
  • बिहिबार, भाद्र ३१ २०७८

  • पूर्वमन्त्री प्रभु साह

    समायोजन खबर,पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहीबार लहानमा आयोजित आईटी आर्मीको सिरहा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

    उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधान संविधानमा राखेर देशलाई बन्धक बनाएको बताए । असफल व्यवस्थाकै नतिजा स्वरूप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढेको उनको तर्क छ ।

    नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्था संविधानमा समेटेर दलहरूले आफ्नो निहित स्वार्थ पूरा मात्र गरेको उनको आरोप छ । यसले देशलाई ठूलो क्षति पुगेको उनले बताए । ठूलठूला देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौँ सरकार जन्माइएको टिप्पणी गरे ।

    उनले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्र रहेको, अरू देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्था नेपालमा मात्र रहेकाले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

    पूर्वमन्त्री साहले संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलो नगर्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए । त्यति बेलादेखि नै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न आग्रह गरेका थिए । भेलाबाट दीपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology