• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१५६२ संक्रमित थपिए, १९ जनाको निधन

१५६२ संक्रमित थपिए, १९ जनाको निधन


समायोजन खबर
  • मंगलबार, भाद्र २९ २०७८

  • समायोजन खबर, कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण देखिएको हो। नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ।

    सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन्।

    यस्तै संक्रमणबाट निको भई आज एक हजार ५८९ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख ४२ हजार ३०३ जना निको भइ घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ।

    यस्तै संक्रमणबाट २४ घण्टामा १९ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३७०.२ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

    यस्तै ४५३ जना सघन उपचार कक्ष (आईसीयू), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० जना होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology