• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुलप्याडको लखपति विजेता बने तामाङ, शेर्पा बनिन् मोवाईल विजेता

कुलप्याडको लखपति विजेता बने तामाङ, शेर्पा बनिन् मोवाईल विजेता


समायोजन खबर
  • आइतबार, भाद्र २७ २०७८

  • कुलप्याड लखपति विजेता बाबुलाल तामाङ र कुलप्याड मोवाईल विजेता करुणा शेर्पा।

    समायोजन खबर खोटाङ,खोटाङमा कुलप्याड मोवाईलले लखपति विजेता र मोवाइल विजेतालाई स्कीम बराबरको रकम र मोवाईल वितरण गरेको छ। कुलप्याड मोवाईल खरीद गर्दा विजेता बनेकाहरुलाई आईतबार होटल ईन्द्रेणीमा एक कार्यक्रम गरी स्कीम अनुसारको रकम र मोवाईल दिईएको हो।
    कुलप्याडले लखपति विजेता रामेछाप लिखु तामाकोशी गाउँपालिका–५ नागदह घर भई खोटाङमा कार्यरत बाबुलाल तामाङलाई एक लाख रुपैयाँ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी करुणा शेर्पालाई एक वटा कुलप्याड मोवाईल प्रदान गरेको हो।
    तामाङ र शेर्पालाई कुलप्याड मोवाइलको पूर्वाञ्चल एरिया सेल्स मेनेजर बादल खनाल र कुलप्याड मोवाइलको खोटाङ डिलर मनोज इलेक्ट्रोनिक्सका प्रमुख मनोज राईले रकम र मोवाईल वितरण गरेका हुन्।

    कुलप्याडले २०७७ चैत १ गतेदेखि बैशाख २९ गतेसम्म मोवाईल खरीदमा एक लाख रकम, मोवाईल र एयरबड्ससम्म पाउने स्कीम राखेको थियो। सोही स्कीम अनुसार तामाङले प्रकाश मोवाइल सेन्टर दिक्तेलबाट मोवाइल खरीद गर्दा एक लाख र मनोज इलेक्ट्रोनिक्स दिक्तेलबाट मोवाईल खरीद गर्दा शेर्पा मोवाईल विजेता बनेकी हुन्।
    कुलप्याडले लखपति विजेता(काठमाडौका २,बुटवलका १) तीन जना, मोवाईल विजेता ४० जना र एयरबड्स विजेता ८० जनालाई यसअघि नै स्कीम अनुसारको रकम र मोवाइल वितरण गरिसकेको छ। खोटाङमा भने कोरोनाका कारण वितरणमा ढिलाई भएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology