• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संखुवासभा सामूहिक हत्याकाण्ड : उम्लिङखोलाकै एक जना पक्राउ

संखुवासभा सामूहिक हत्याकाण्ड : उम्लिङखोलाकै एक जना पक्राउ


समायोजन खबर
  • शनिबार, भाद्र २६ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    हत्यामा संम्लग्न भएको आरोपमा मादी-१ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने डिएसपी सुवेदीले बताए।

    गत सोमबार मादी-–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

    घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो । घटनामा संम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी प्रमुख सुवेदीले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology