समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खोटाङले दशैवटा पालिकामा अध्यक्ष, सचिव, इन्जार्च र सह–इन्चार्ज चयन गरेको छ। भदौ २२ र २३ गते जिल्ला समन्वय समिति खोटाङको प्रथम विस्तारित वैठकले पालिका पदाधिकारीहरु चयन गरेको हो।
वैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा अगसिं राई, सचिवमा रमेश राजण्डारी, इन्चार्जमा श्रीबहादुर राई, सह–इन्चार्जमा सिरिम बहादुर राई, रावाबेशी गाउँपालिका अध्यक्षमा राजन मगर, सचिवमा सिता कटुवाल, इन्चार्जमा सिताराम अधिकारी, स–इन्चार्जमा लिला श्रेष्ठ (सविन), राम बहादुर राईलाई चयन भएका छन्।
हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजु विक्रम राई, सचिवमा कुमार बुढाथोकी, इन्चार्जमा जीवन राई (संगिन), सह–इन्चार्जमा चईन्द्र राई(आक्रोश) ज्ञान बहादुर भुजेल र उदय राई छन्।
केपिलासगढी गाउँपालिका अध्यक्षमा साङगे शेर्पा, सचिवमा विष्णु राई(जिज्ञासा),इन्चार्जमा मनकुमारी रसाईली (रस्मी) सह–इन्चार्जमा रुद्र राई र रामकाजी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा राजेन्द्र राई, सचिवमा दिपक पौडेल, इन्चार्जमा दिपक पाण्डे(आकाश),सह–इन्चार्जमा कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मी कुमार राई र मेरु राई छन्।
साकेला गाउँपालिका अध्यक्षमा सिताराम राई, सचिवमा मोहन खत्री, इन्चार्जमा अर्जुन खड्का(झंकार) तथा विर्षिका राई र नविन राईलाई सह–इन्चार्ज तोकिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्षमा विषण राई, सचिवमा युगसन राई, इन्चार्जमा सुरेश राई, सह–इन्चार्जमा विनोद आचार्य, जय राई, सन्तोष राई, माधव राई, विकास राई, बलराम राई छन्।
बराहपोखरी गाउँपालिका अध्यक्षमा युवराज मगर, सचिवमा ताराकान्त राई, इन्चार्जमा निशाना राई तथा सह–इन्चार्जमा दुर्गा बहादुर राई तथा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा बद्री राई, सचिवमा विकास भट्टराई, इन्चार्ज अरुणा राई, सह–इन्चार्जमा राजकुमार विष्ट, केदार राई चयन भएका छन्।
खोटेहाङ गाउँपालिका अध्यक्षमा दिपेन राई, सचिवमा धन बहादुर महाराजी, इन्चार्जमा उदिम राई (मुक्ति) सह–इन्चार्जमा इन्द्र नारथुङ्गे र कुमार राई (अमर) छन्।
यो पनि पढ्नुहोस,पाँच जनाको सदस्यता खारेजी गर्ने माओवादी केन्द्रको निर्णय
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology