• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँच जनाको सदस्यता खारेजी गर्ने माओवादी केन्द्रको निर्णय

पाँच जनाको सदस्यता खारेजी गर्ने माओवादी केन्द्रको निर्णय


समायोजन खबर
  • शुक्रबार, भाद्र २५ २०७८

  • पत्रकार सम्मेलनमा वैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका संयोजक पृथ्वी किराती ।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको विधान विपरीत गतिविधि गर्ने पाँचजना पार्टी सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको छ। भदौ २२ र २३ गते जिल्ला समन्वय समिति संयोजक पृथ्वी किरातीको अध्यक्षतामा वसेको वैठकले उनीहरुको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो।

    सचिवालय सदस्य इन्द्र दंगाल, पूर्व जिल्ला कमिटी सदस्य कमल आले मगर, खोटेहाङ गाउँपालिका कमिटी अध्यक्ष राजन ढकाल, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका वडा सदस्य छत्र खड्का, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडा सदस्य चित्र कुमार राईको सदस्यता खारेजी गर्ने निर्णय भएको शुक्रबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका संयोजक किरातीले बताए। सदस्यता खारेजीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको छ।

    वैठकले दर्जनौ संख्यामा पार्टी प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्ने निर्णय पनि गरेको छ। यस्तै, जिल्ला समितिको विघटन गरी स्थानीय तहलाई कार्यकारी बनाउँदै पूरानो जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण, स्थानीय तहलाई सशक्त बनाउन जिल्लाका नेतृत्वहरु आ–आफ्नो पालिकामा जिम्मेवारी लिई फर्कने, जनवर्गीय संगठनको जिम्मेवारी सहित बाँडफाड गर्ने वैठकले निर्णय गरेको छ।

    यस्तै वैठकले,एमसीसी सम्झौता राष्ट्रको हितमा नभएको जिल्ला कमिटीले ठहर गरी खारेजीका लागि पार्टी केन्द्रीय कमिटी र सरकारलालाई अनुरोध गर्ने निर्णय गरेको, सदनले पास गरेको नेपालको चुच्चे नक्सा यथासिघ्र कार्यन्वयन गर्न जोडदार माग गर्ने, केन्द्रीय समितिको निर्णय अनुसार भाद्र मसान्तसम्म सदस्यता नविकरण गरिसक्ने, भेला सम्मेलनहरु केन्द्रीय कार्यविधि तालिका अनुसार सबै स्थानमा गर्ने र जिल्ला पार्टी सदस्यहरुको परिवारजनमा भएको निधन बारे श्रद्धाञ्जली र शोक प्रस्ताव पारित गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology