• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्मलीडाँडाको अधिबेशन भएपछि कांग्रेसको वडा अधिबेशन सकियो

निर्मलीडाँडाको अधिबेशन भएपछि कांग्रेसको वडा अधिबेशन सकियो


समायोजन खबर
  • बिहिबार, भाद्र २४ २०७८

  • अधिबेशन सकिएपछि सामूहिक तस्विर खिचाउँदै विजयखर्कका नेता तथा कार्यकर्ता। तस्विर धर्मराज पोखरेल।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा विवादका कारण स्थगित भएको कांग्रेसको वडा अधिवेशन टुंग्याइएको छ। १८ भदौमा वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि स्थगित वडा अधिवेशन निर्वाचन प्रक्रियाबाट टुंग्याइएको हो।

    यो पनि,दिक्तेल नगर सभापतिमा प्रकाश श्रेष्ठको उम्मेद्वारी घोषणा

    बुधबार राति सम्पन्न निर्वाचनबाट देशकुमार राई ४७ मत ल्याएर पुन: वडा सभापतिमा दोहोरिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए। उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद ढकालले २७ मत पाए। कुल ९६ जना क्रियाशील सदस्य रहेको निर्मलीडाँडामा ७८ मत खसेको थियो।

    सम्बन्धित समाचार,को हुन् रामचन्द्र राई, यसकारण नगर सभापतिमा उम्मेद्वारी घोषणा

    निर्मलीडाँडामा कांग्रेसको वडा सभापतिका लागि देशबहादुर, विष्णुप्रसाद, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिए पनि अन्तिममा देशबहादुर, विष्णुप्रसाद भिडेका थिए।

    दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये यसअघि ७८ वडाको अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेसको वडा अभिवेशनबाट वडा समिति निर्माणसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ।

    यो पनि पढ्नुहोस,कांग्रेस वडा अधिबेशन : याम्खामा फेरी अधिबेशन गर्नुपर्ने माग

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology