• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी हुन् दिक्तेल नगर सभापतिका आकाङक्षी उम्मेद्वारहरु

यी हुन् दिक्तेल नगर सभापतिका आकाङक्षी उम्मेद्वारहरु


समायोजन खबर
  • मंगलबार, भाद्र २२ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको ७८ वडाको वडा अधिबेशन सकिएसँगै गाउँपालिका तथा नगरपालिकामा को सभापति उठ्ने/उठाईने भनेर कांग्रेसमा घम्साघम्सी हुन थालेको छ। को बलियो भनेर भित्री रुपमा शक्ति संघर्ष भईरहेको देखिन्छ।

    जिल्लाभर ७९ वडा भए पनि मनोनयन विवादका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडको वडा अधिबेशन स्थगित छ। त्यहाँ २३ भदौ(भोली) वडा अधिबेशन हुने पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो।

    गाउँपालिका सभापति तथा नगरपालिका सभापतिका आकाङक्षी उम्मेद्वारहरु यतिबेला खाई नखाई आ–आफ्नो नगरपालिका तथा गाउँपालिकामा प्रतिनिधिलाई भेटेर रिझाउनमा व्यस्त छन्।
    यो पनि,कांग्रेस आसन्न नगर अधिबेशन:रामचन्द्र राईले गरे सभापतिको उम्मेद्वारी घोषणा
    जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अधिबेशनलाई भने निक्कै महत्वका साथमा हेरिएको छ। दिक्तेलमा चार जना नगर सभापतिका आकाङक्षी उम्मेद्वार देखिएका छन्।

    खार्मीका निर्वाचित वडाध्यक्ष रामचन्द्र राईले त दिक्तेल नगर सभापतिका लागि १३ भदौमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरिसकेका छन्। ३५ वर्षीय राईले बिना गुट, बिना टिम नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका छन्।

    यस्तै, दिक्तेल नगर सभापतिको आकाङक्षी उम्मेद्वारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर्वाचित वडा सदस्य प्रकाश श्रेष्ठ छन्। श्रेष्ठ दिक्तेलका स्थानीय हुन्।
    यसैगरी, नगर सभापतिकै अन्य आकाङक्षी उम्मेद्वारहरुमा दिक्तेलबजारकै ईन्द्र घिमिरे र राजन सैंजु छन्। राई, श्रेष्ठ, घिमिरे र सैंजु यतिबेला वडा–वडामा पुगेर प्रतिनिधि भेटघाटमा व्यस्त छन्। आफूलाई जिताउन आग्रह गरीरहेका छन्।

    श्रेष्ठ, घिमिरे र सैंजु नगर सभापतिको आकाङक्षी उम्मेद्वार देखिए पनि औपचारिक रुपमा भने उम्मेद्वारीको घोषणा गरेका छैनन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३०८ जना क्षेत्रिय प्रतिनिधि हुनेछन्।२७ भदौमा जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा गाउँपालिका/नगरपालिकाको अधिबेशन हुनेछ।
    सम्बन्धित समाचार,को हुन् रामचन्द्र राई, यसकारण नगर सभापतिमा उम्मेद्वारी घोषणा 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology