• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आफ्नै दाजुको हत्या गर्ने भाई पक्राउ [यस्तो छ घट्ना]

खोटाङमा आफ्नै दाजुको हत्या गर्ने भाई पक्राउ [यस्तो छ घट्ना]


समायोजन खबर
  • बिहिबार, भाद्र १० २०७८

  • तस्विर । समायोजन खबर

    समायोजन खबर खोटाङ,खोटाङमा आफ्नै दाजुको हत्या गर्ने सहोदर भाई पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ काँढे टोलका २३ वर्षीय नारायण थापा र अर्का १५ वर्षीय(नाम नखुलाइएका) एक किशोर पक्राउ परेका हुन्।

    थापा र १५ वर्षीय किशोरले बाम्राङ काँढेका ३३ वर्षीय गिरीराज थापालाई बुधबार साँझ मुढेवाट घरतर्फ आउने क्रममा स्थानीय सूर्य बहादुर थापाको सल्लाघारी छेउ आईपुग्दा त्यहाँ रहेको भोटे पिपलको रुखमा भैसी बाँध्ने नाईलनको डोरीले घाँटीमा बाँधी हत्या गरेकाले उनीहरुलाई आज (बिहीबार) बाम्राङ काँढेबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

    घरायसी झगडा, दाजु भाईको मनमुटावका कारणले हत्या भएको अनुसन्धानवाट खुलेको छ। हत्यामा संलग्न नारायण मृतक गिरीराजका सहोदर भाई हुन् भने अर्का किशोर भतिजो हुन्। घट्नामा प्रयोग गरिएको डोरी सहित निजहरुलाई कानुन वमोजिम पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
    यस्तो छ घट्ना
    ९ भदौ, साँझ ७ वजेपछि बाम्राङ काँढेका चन्द्र बहादुर थापाको छोरा वर्ष ३३ को गिरीराज थापा सोही ठाउँका सूर्य बहादुर थापाको सल्लाघारीमा मृत अवस्थामा फेला पर्छन्। मृत अवस्थामा फेला पारी गिरीराजको शव घरमा ल्याई राखेको छ भनि प्रहरीलाई जानकारी आउँछ।

    १० भदौ अर्थात बिहीबार बिहान १ :२० वजको समयमा उक्त घट्नाको जानकारी टेलिफोनबाट प्रहरीलाई आईपुगेको हुन्छ। जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोली घट्नास्थलतर्फ लाग्छ।

    लाशको घाँटीमा निलडाँम रही शंकास्पद अवस्थामा रहेकाले सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाने क्रममा आफ्नो घरायसी झगडा, दाजु भाईको बिचमा रहेको मनमुटावको कारणले बाम्राङ काँढेकै २३ वर्षीय नारायण थापा र अर्का १५ वर्षीय(नाम नखुलाइएका)किशोरले कर्तब्य गरी मार्ने सम्मको योजना बनाई साँझ मुढेबाट घरतर्फ आउने क्रममा पिपलको रुखमा भैसी बाँध्ने नाईलनको डोरीले घाँटीमा बाँधी गिरीराजको हत्या गर्दछ।

    यो पनि,खोटाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology