• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

खोटाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

गाँजासहित पक्राउ


समायोजन खबर
  • आइतबार, भाद्र ६ २०७८

  • समायोजन खबर खोटाङ,खोटाङमा अवैध हातहतियार भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

    घरमा अबैध हातहतियार भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले शनिबार घर खानतलासी गर्दा घरमा लुकाई राखेको १ नाल भरुवा बन्दुकसहित राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।
    यो पनि,स्थानीय आफैले प्रशासनलाई बुझाए १७ नाल भरुवा बन्दुक 
    पक्राउ परेका राई विरुद्ध हातहतियार खरखजना मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसअघि, ११ साउनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ५९ वर्षीय वडा सदस्य पर्शुराम बानियाँ, सोही स्थानका ३३ वर्षीय मिलन बानियाँ र ६९ वर्षीय मदन बहादुर बानियाँलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो।
    गाँजासहित पक्राउ
    घरमा लुकाई छिपाई राखेको १५ केजी लागू औषध गाँजासहित हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले पक्राउ गरेको छ।लागू औषध गाँजासहित पक्राउ परेका महादेवस्थान कात्तिकेका ५७ वर्षीय मगम राई।

    शनिबार पक्राउ परेका राई विरुद्ध लागू औषध गाँजा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको सूचना अधिकारी साहले बताए।
    सम्बन्धित समाचार :ज्यान मार्ने उधोगमा फरार रहेका दुई युवा पक्राउ 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology