• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शंका र शनकमा छोराले बुवा र श्रीमतीको ज्यानै लिएपछि..

शंका र शनकमा छोराले बुवा र श्रीमतीको ज्यानै लिएपछि..


समायोजन खबर
  • मंगलबार, भाद्र ८ २०७८

  • समायोजन खबर, धनुषाको मिथिला बिहारी नगरपालिकाको ललियामा एक युवकले आफनै बुवा र श्रीमतीको हत्या गरि आँपको बगैचामा शव गाडेको पाइएको छ।

    आफनै बुवा र श्रीमतीको हत्या गरि रातारात शव गाडेको आरोपमा एक युवक पक्राउ परेका छन्। मिथिला बिहारी नगरपालिका-५ ललिया स्थित ३० वर्षीय भागेश्वर मण्डलले आफनै बुवा चेता भनिने ५५ वर्षिय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेर शव गाडेको स्वीकार गरेका छन्।

    श्रीमतीको बुवासंग अबैध सम्बन्ध रहेको शंका र शनकको भरमा आरोपित मण्डलले गएराती १२ बजे लाठाले प्रहार गरि र घाँटीमा डोरीले बाँधेर हत्या गरेका रहेछन्। हत्या पश्चात घर नजिकै डेढसय मिटरको दुुरीमा रहेको स्थानिय रामकिशुन मण्डलको आँपको बगैचामा शव गाडेको आरोपित मण्डलले स्वीकार गरेको धनुषा प्रहरीको भनाई छ।

    दुई जनालाई एक्लैले मारेर शवलाई पनि कसरी गाडन सफल भएको होला भन्ने तथ्यको छानबिन पनि भइरहेको प्रहरीको भनाई छ। मंगलबार विहान आरोपित मण्डलले आफै छिमेकी र आफन्तको घरमा गएर बुवा र श्रीमती फरार भएको बताएपछि दुवैजनाको खोजबिन सुरु भएको थियो।
    खोजबिन हुदै जाँदा स्थानियले आपँबारीमा रगत र खाल्डो खनेर पुरेको देखेपछि शव बरामद भएको र मण्डललाई पक्रेर प्रहरीलाई बुझाएका थिए। आरोपित मण्डलका सालो रनधिर कुमार मण्डलका अनुसार आइतवार रक्षाबन्धनमा माइती गएकी अमृताले श्रीमानले आफनै ससुरासंग अबैध सम्बन्ध छ भन्दै यातना दिनेको गरेको बताएकी थिइन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology