• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय आफैले प्रशासनलाई बुझाए १७ नाल भरुवा बन्दुक

स्थानीय आफैले प्रशासनलाई बुझाए १७ नाल भरुवा बन्दुक


समायोजन खबर
  • शुक्रबार, भाद्र ४ २०७८

  • स्थानीयले प्रशासनलाई बुझाएको भरुवा बन्दुक। फाईल तस्विर।

    चिसाङ शेर्पा खोटाङ, खोटाङमा स्थानीयहरुले स्वस्फुर्त रुपमा आफैले भरुवा बन्दुक प्रशासनलाई बुझाएका छन्। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीयहरुले घरमा लुकाईछिपाई राखेको बैध तथा अबैध भरुवा बन्दुक स्थानीय प्रशासनलाई बुझाएका हुन्।

    स्थानीय नागरिकहरुले स्वअनुसासित रुपमा सात नाल साबुद र दश नाल बेसाबुद भरुवा बन्दुक बिहीबार प्रशासनलाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। जिल्लामा वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न, आपराधिक क्रियाकलापलाई न्युनिकरण गर्नका लागि अबैध रुपमा राखिएको हातहतियार संकलन गर्ने क्रममा स्थानीय आफैले सो भरुवा बन्दुक प्रशासनलाई बुझाएका हुन्।

    स्थानीयले हस्तान्तरण गरेको भरुवा बन्दुक शुक्रबार प्रशासनले पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको छ। स्थानीयबाट हस्तान्तरण भएको हतियार सुरक्षितसाथ राख्न जिल्ला प्रहरी कार्यालयमा पठाईने वन्दोवस्त मिलाईएको छ।अबैध हातहतियार संकलन कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने र जिल्लालाई अबैध हतियारमुक्त जिल्ला घोषणा गर्न सफल भईने प्रजिअ शर्माले बताए। अबैध हातहतियार मुक्त जिल्ला बनाउनका लागि प्रहरी, पत्रकार, जनप्रतिनिधि, राजनीतिक दल, आम नागरिक लगायत सबैलाई साथ सहयोग गर्न प्रजिअ शर्माले आग्रह गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology