• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानबाट कति आइपुग्यो खोप ?

जापानबाट कति आइपुग्यो खोप ?


समायोजन खबर
  • शनिबार, भाद्र ५ २०७८

  • समायोजन खबर खोटाङ, जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ। जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात सय ४० मात्रा अष्ट्राजेनेका खोप मध्ये यसअघि ९ लाख खोप साउनको २३ र २४ मा नेपाल आएको थियो।

    बाँकी खोप भने आइतबार र सोमबार काठमाडौँ आउने जापानी दूतावासले जनाएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाललाई कोभ्याक्स अन्तर्गत महामारी नियन्त्रणका लागि खोप प्रदान गरेको बताए।

    उक्त खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहेका साथै ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि वितरण भैरहेको छ।

    जापानले कोभिड–१९ महामारी नियन्त्रणका लागि कोलिशन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपि), गाभी– विश्वव्यापी खोप सहकार्य, संयुक्त राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनसँग काम गर्दै आएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology