• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३,०४२ जनामा संक्रमण, २६ जनाको मृत्यु

३,०४२ जनामा संक्रमण, २६ जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, भाद्र ४ २०७८

  • समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको हो।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या १० हजार ४५५ पुगेको छ। मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन्।

    हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन्।

    प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

    प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology