समायोजन खबर, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याईछाडने प्रतिवद्धता जनाउनु भएको हो ।
त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पार्नुभयो। मन्त्री भुसालले भन्नु भयो, ‘२० युनिटसम्म विद्युत बाल्ने कति छन रु भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागे। त्यो चाँही अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साँढे ५ लाख घर परिवार रहेछन।
उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु। प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु। त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ।’
मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गर्नुभयो। उहाँले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहो¥याउनु भयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology