समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल एमाले फुटाएर नेकपा एमाले (समाजवादी) पार्टी बनाउन निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसँग ३१ सांसद गएका छन्।
नेता राजेन्द्र पाण्डेका अनुसार ३१ सांसद नयाँ पार्टीमा पुगेका हुन्। ‘हामीसँग प्रतिनिधि सभाका ३१ सांसद पुग्नु भएको छ,’ नेता राजेन्द्र पाण्डेले भने।
अर्का नेता जगन्नाथ खतिवडाले निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिने बेलासम्म सांसदको संख्या बढ्ने जानकारी दिए। अहिले नेताहरू निर्वाचन आयोगमा पार्टी दर्ता नम्बर लिन कुरेर बसिरहेका छन्। नेताहरूका अनुसार ३१ मध्य प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ९ सांसद हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology