समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको पर्यटकीय राँबु डाडाँ। ढुङगै–ढुंङगाले भरिएको त्यही डाडाँमा ‘रेडियो खोटाङ’को चिटिक्कको सानो भवन। अनि, भवन नजिकै रेडियोको अस्थाई टावर। भवनभित्रको ट्रान्समिटर र टावरको एन्टेनाविच कनेक्सन भई गुञ्जिरहेछ रेडियो खोटाङ…
जिल्लामा सामुदायिक रेडियोले पिकअप लिन नसकिरहेको अवस्थामा राँबुको डाडाँबाट व्यवसायिक रेडियो गुञ्जिन थालेको नौ महिना भयो। ३ कार्तिकबाट ५ सय वाट क्षमतामा रेडियो बजिरहेको खोटाङ मिडिया प्रालिका अध्यक्ष खिलन राईले बताए।
१०३.३ मेघाहर्जमा प्रसारण भईरहेको रेडियो दैनिक १८ घण्टा बज्दै आएको छ। हाल रेडियोको टावर अस्थाई रुपमा राखिएको छ। स्थायी टावरको काम धमाधम भइरहेको छ। भवन रङरोगनका काम पनि क्रमशः भइरहेको देख्न सकिन्छ। हालसम्म आईपुग्दा भौतिक संरचनासहित ४० लाख रेडियोमा खर्च भएको छ।
जिल्लामा रेडियो चलाउनु सामान्य कुरा हैन। फेरी जिल्लामा व्यवसायिक रेडियोको अति खाँचो छ। अध्यक्ष राईले भने, ‘अहिले जिल्लाको कतिपय खबरहरु ओझेलमा छ। हामी तिनै साना–साना कुरालाई रेडियो तरंगबाट सबैसामू पु¥याउने लक्ष्यमा छौ। जनचेतना फैलाउनमा लागेका हौ। हामीलाई सबैको साथ, सहयोग चाहिएको छ।’
अहिले सात जना जनशक्तिले धानीरहेको रेडियोमा सचेतनामूलक, मनोरञ्जनात्मक लगायत विभिन्न कार्यक्रम र समाचार प्रसारण हुंदै आएको छ। रेडियो खोटाङसहित सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, उदयपुर, दोलखा, भोजपुर, संखुवासभा, धनकुटा, सिराह, सप्तरी, रामेछापमा सजिलै सुन्न सकिन्छ।
उसो त जिल्लामा रुपाकोट रेडियो र हलेसी सामुदायिक रेडियो स्थापना भएको थियो । हाल हलेसी एफएम मात्रै सञ्चालनमा छ। रुपाकोट रेडियोको प्रसारण विभिन्न कारणले लामो समययता बन्द छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology