• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुलमान घिसिङले आज पदबहाली गर्दै,जनतामा छायो खुशीयाली,देउवा सरकारको चौतर्फी प्रशंसा

कुलमान घिसिङले आज पदबहाली गर्दै,जनतामा छायो खुशीयाली,देउवा सरकारको चौतर्फी प्रशंसा


समायोजन खबर
  • बुधबार, साउन २७ २०७८

  • नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङ । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, आजबाट कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

    यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो। सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

    ‘आज म पदबहाली गर्दैछु,’ घिसिङले भने, ‘११ महिनापछि म विद्युत् प्राधिकरणमा फर्किएको छु।’ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।

    यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा उकालेका हुन्। यसैकारण उनको पुनःनियुक्तिले आम जनता खुसी भएका छन्। कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएका छन्।

    मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यले प्राधिकरणबाट हिजै (मंगलबार) बिदा लिइसकेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology