समायोजन खबर खोटाङ, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब कसैसँग पनि हेपिएर नबस्ने बताएका छन्। मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका हुन्।
नेता नेपालले आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने बताए। नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए। उनले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा राखे।
नेपालले कर्णाली प्रदेश सभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दाबी गरे। कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology